Fast Nepal News

२० हजार घुस लिने वडाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

banner single news

काठमाडौं, मंसिर २८ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको रोहिणी गाउँपालिका-२ का वडाध्यक्ष सरोजकुमार पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले घुससहित पक्राउ परेको रकम २० हजार दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनी घुससहित पक्राउ परेका थिए।

अनुदान स्वरुप प्राप्त रकम प्रदान गर्न सहजीकरण गरिदिने भनी उनले पैसा उठाएपछि अख्तियारको टोलील स्टिङ अप्रेसन गरेको थियो। अख्तियारको टोलीले वडाध्यक्ष पाण्डेलाई रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान गरी मुद्दा दायर गरेको हो। अख्तियारले घुस दिने सहकारीका प्रमुख श्यामवचन यादवलाई पनि सोही बराबर बिगो कायम गरेर मुद्दा दायर गरेको छ।

अनुसन्धानको सिलसिलामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ५ बाट कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत रोहिणी गाउँपालिकालाई विनियोजन भएको रकममध्ये बालीको उत्पादन र उत्पादकत्व वृद्धिको लागि बिउ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रमका लागि नियमानुसार छनौट भएको थियो।

Inside Article Ads

रोहिणी गाउँपालिका-२ मा रहेको विराट कृषि सहकारी संस्था लिमिटेडलाई २ लाख र अनुदान उपलव्ध गराउन सहजीकरण गरी दिएबापत कमिसनको रूपमा ४५ हजार माग गरेको सूचना अख्तियारमा पुगेको थियो। सेवाग्राहीलाई त्रास देखाई पाण्डेले भ्रष्टाचार निवारण ऐन विपरितको काम गरेकाले ऐन बमोजिक कैद र सजाय हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले पक्राउ परेको रकम बराबर बिगो कायम हुुनु पर्ने माग गरेको छ।

त्यसैगरी विराट कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा निवेदक श्यामवचन यादवले घुस २० हजार आयोगको कार्यालयबाट बुझी लगेको नभई उनकै भएकाले उक्त रकम वडाध्यक्ष पाण्डेलाई दिनु पूर्व आयोगलाई जानकारी दिएको नपाईएको आयोगको आरोपपत्रमा उल्लेख छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.