Fast Nepal News

नेपाल एयरलाइन्सलाई हङकङमा फेरि १५ दिने प्रतिबन्ध

banner single news

 

काठमाडौं– नेपाल एयरलाइन्सको व्यवसायिक उडानमा हङकङ विमानस्थलमा फेरि १५ दिने प्रतिबन्ध लागेको छ। नेपालबाट गएका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङ विमानस्थलले नेपाल एयरलाइन्सलाई प्रतिबन्ध लगाइदिएको छ।

यसअघि पनि नेपाल एयरलाइन्सको उडानमा हङकङले प्रतिबन्ध लगाइसकेको छ। त्यतिबेला उडान प्रतिबन्धमा पर्दा निजी अस्पतालमा गरिएको कोरोना परीक्षण रिपोर्टमा धेरै कैफियत देखिएको नेपाल एयरलाइन्सले बताएको थियो।

Inside Article Ads

सोही कारण देखाउँदै हङकङ उडानमा जाने यात्रुलाई सरकारी प्रयोगशालाको रिपोर्टमात्र मान्य हुने निर्णय गरेको थियो। सरकारी प्रयोगशालाकै रिपोर्ट बोकेरै गएका ६ जना यात्रुमा पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्स फेरि प्रतिबन्धमा परेको हो।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.