Fast Nepal News

सचिवालय खारेज हुनुपर्छ : महासचिव पाैडेल

पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उनले जनता र नेता कार्यकर्ताले नचाहेका अपेक्षित घटना भइरहेको बताए।

banner single news

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको बताएका छन्।

पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रूपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको पौडेलको भनाइ छ। उनले सचिवालयमा कारण पार्टीमा समस्या बढेकाे भन्दै बिकल्प खाेज्नुपर्ने धारणा राखेका छन् ।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशावट गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उनले बताए।

महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नु पर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ। त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नु पर्ने आवश्यकता मैले देख्छु। यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउन सक्षम, प्रभावकारी, नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रूपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ।’

महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पुरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताए।

Inside Article Ads

उनले भने, ‘यदि हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौं भने स्थायी कमिटीका सदस्य समक्ष भनौं। हामीले यतिमात्रै गर्न सक्यौं योभन्दा बढी गर्न नसक्ने भयौं। हाम्रो अभिभारा ठिक ढंगले पुरा गर्न नसक्ने भयौं। त्यसैले तपाईहरू जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुस् हामी पदमुक्त हुन्छौं।’

हिजोको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उनले बताए।

पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उनले जनता र नेता कार्यकर्ताले नचाहेका अपेक्षित घटना भइरहेको बताए।

‘सीमा, मर्यादा तथा तथ्य बाहिरका अभिव्यक्ति र क्रियाकलाप रोकिऊन्। पार्टी तथ्यको जडमा उभिएर सही निष्कर्षका साथ अगाडि बढोस्। त्यसका लागि अगाडि बढौं भन्ने मेरो चाहना हो, त्यहीअनुसार जिम्मेवारी पुरा गर्न चाहन्छु।’

यसअघि बुधबार बसेको नेकपा सचिवालय बैठकमा महासचिव पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिने प्रस्ताव राखेका थिए।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.