Fast Nepal News

भाइटीकाको दिन सवारी दुर्घटनामा बहिनीको मृत्यु, दाजु घाइते

banner single news

काठमाडौँ, मंसिर २ – भाइटीकाको दिन दाङ तुलसीपुरको गुल्म चोकमा भएको सवारी दुर्घटनामा बहिनीको मृत्यु भएको छ भने दाजु गम्भीर घाइते भएका छन् । रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई लु अ क ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी मनिषा लामिछानेको मृत्यु भएको छ । उनका दाजु विराज लामिछाने गम्भीर घाइते छन् ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचकी सहायक प्राविधिक हुन् । मोटरसाइकल चढेर घरबाट रेडियोको कार्यालयमा जाँदै गर्दा स्कारपियो गाडीले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते बिराजको भने कोहलपुरमै उपचार भइरहेको छ ।

Inside Article Ads

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको जानकारी दिए ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.