Fast Nepal News

आठ महिनादेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा

banner single news

काठमाडौं, कात्तिक २८ – करिब आठ महिनादेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ । वैकल्पिक विधिबाट शैक्षिकसत्रलाई निरन्तरता दिएको सरकारले वैकल्पिक प्रणलीबाट कति विद्यार्थीले अध्ययन गरिरहेका छन्, त्यसको तथ्यांक राखेको छैन ।

अब, स्वास्थ्य मापदण्ड पालना गरी कोरोना संक्रमणको जोखिमका आधारमा विद्यालय सञ्चालन गर्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ । कोभिड–१९ का कारण चैतयता विद्यालय र विश्वविद्यालयहरू सञ्चालनमा आउन नसक्दा करिब ९० लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

वैकल्पिक विधिबाट असारदेखि पठनपाठन र असोजबाट शैक्षिकसत्र सुरु गरेपनि वैकल्पिक शिक्षण सिकाइ प्रभावकारी नभएको गुनासो आइरहेको छ ।

वैकल्पिक प्रणालीमा कति विद्यार्थीले अध्ययन गरिरहेका छन्, त्यसको तथ्यांक मन्त्रालयमा समेत छैन । असोज २२ गतेको मन्त्रिपरिषद् बैठकले जोखिम कम रहेको क्षेत्रमा उपयुक्त विधि अपनाएर विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले सरकार विद्यालय सञ्चालनको तयारीमा जुटेको छ । कतिपय स्थानीय तहले विद्यालय सञ्चालनसमेत गरेका थिए भने कोरोनाको जोखिम बढ्दै गएपछि बन्द गर्नुपर्‍यो ।

Inside Article Ads

स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अनिवार्य शर्त राख्दै मन्त्रालयले विज्ञको सल्लाह–सुझावसहित विद्यालय सञ्चालनको लागि कार्यढाँचा तयार गर्दैछ ।

कोरोनाको जोखिमका आधारमा स्थानीय तहले विद्यालय सञ्चालनको निर्णय गर्न पाउनेगरी एक साताभित्र विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्ने तयारीमा मन्त्रालय छ । विद्यालय सञ्चालनको विभिन्न ‘मोडालिटी’सहितको कार्यढाँचा तिहारअघि जारी गर्ने तयारी छ ।

स्वास्थ्य मापदण्ड अपनाएर कम जोखिम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका निजी विद्यालय सञ्चालकहरुले पनि कार्यढाँचा जारी भएपछि तिहारलगत्तै स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय सञ्चालन गरिने जनाएका छन् । तिहारअघि नै कार्यढाँचा आए तिहारलगत्तै विद्यालय सञ्चालनमा आउन सक्नेछ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.