Fast Nepal News

नटवलरलाल शैलीमा लुईटेलको ठगी

banner single news

काठमाडौं । भेषराज लुईटेल नामका एक व्यक्तिले उच्चपदस्थ व्यक्तिसँग निकटता बढाउदै नटवलरलाल शैलीमा ठगी धन्दा गर्दै आएको पाईएको छ । पाल्पा घर भएका लुईटेलले मुख्यसचिव शंकरदास बैरागी लगायतका सरकारी अधिकारीहरुलाई प्रभावमा पारेर उनीहरुको विश्वास जित्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको पाईएको हो । लुईटेलको ठगी धन्दाबाट आफुहरु पीडित भएको भन्दै दर्जनौं व्यक्तिहरूले प्रहरीमा उजुरीसमेत दिएको पाईएको छ । सरुवा–बढुवा देखी विदेशमा छात्रवृत्ति दिलाइदिने, ठूला ठेक्का पारिदिने देखी चुनावको टिकट मिलाईदिनेसम्मका आश्वासन दिएर उसले ठगी गर्दै आएको आरोप उनी माथि छ । लुँइटेलले खेप्दै आएका विरुद्ध परेको छ । मुख्यसचिव बैरागी मात्रै होईन उनले भारतीय दूतावासका कर्मचारीलाई रिझाउदै कमाउ धन्दा चलाउने गरेको पिडित पक्षको दाबी छ ।

लुईटेलको ठगी धन्दाबाट फोब्र्समा सुचिकृत अर्बपति व्यापारी बिनोद चौधरी, एभरेष्ट होटलका सञ्चालक मशुर अहमद लारी, कालिञ्चोक केबलकारका सञ्चालक तथा लगानीबोर्डका सदस्य बालकृष्ण शिवाकोटीसमेत पीडित बनेका छन् । बबरमहलस्थित रिभिजिटेड होटल छेउमा जग्गा भएका रायमाझी थरका एक व्यक्ती समेत लुइँटेललबाट पीडित बनेको बुझनमा आएको छ । त्यस्तै, चुनावमा टिकट दिलाइदिने भन्दै उनले चितवनका केशबप्रसाद कँडेललाई चुना लगाएको घटना पनि बाहिरिएको छ । प्रलोभन देखाउदै करोडौं रकम लिएर लुईटेलले काम भने नगरे पछि रकम फिर्ता माग्दा कतिपयलाई भारतीय दूतावासबाट फोन गर्न लगाएर धम्काउने गरेको पीडित पक्षको भनाई छ ।

त्यसरी उनीबाट पिडित बन्नेमा ज्योत्सना सिंह समेत छिन् । सिँह ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाकी छोरी हुन् । उनीहरु बीच लेनदेन भयो । अर्थात लुईटेलले सिंहबाट पैसा लिए । तर फिर्ता गर्ने बेलामा बाउन्स चेक थमाए । पैसा नदिएपछि आजित उनले प्रहरी परिसर, टेकुमा उजुरी नै दिईन । सिँहको उजुरीकै आधारमा उनलाई प्रहरीले पक्राउ गरि बैकिङ् कसुरमा अदालतमा मुद्दा दायर गर्न पुग्यो । काठमाडौं जिल्ला अदालतमा सिँहले हालेको मुद्दाको केश नं २६५ २०६७ र०५ र१४ रहेको बुझिएको छ । अदालतले लुईटेललाई दोषीसमेत ठहर गर्‍यो । थप केही व्यक्तिहरुले उनी विरुद्ध चेक बाउन्सको निवेदन दिएताम पनि पहुँचको भरमा उनी एक दुई दिनमै छुटे । कतिपय व्यक्तिहरू आफ्नै ईज्जत जाने डरले उजुरी गर्न समेत नगएको पाईएको छ ।

Inside Article Ads

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केही निकटस्थ व्यक्तिलाई प्रभाव पार्न सफल रहेसँगै उनको ठगी धन्दा फस्टाएको एक पिडितले बताए । मोदीसँग सिधा पहुँच भएको देखाउदै उनले नेपालका करोडपतिहरूलाई टार्गेट गर्ने गरेको गरेको उको दाबी पिडितको छ । धेरै व्यक्तिसँग पटक पटक गरि ५० करोड भन्दा धेरै रकम असुल गरेको पिडितले ठोकुवा गरेका छन् । । लुईटेलले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा केही व्यक्तिलाई बयानमा बोलाएर पैसा असुल्ने धन्दामा पनि संलग्न रहेको ति पिडितको भनाई छ ।’त्यो व्यक्तिले ठगी गरेको पैसाबाट उच्चपदस्थलाई उपहार दिने गर्दो रहेछ र त्यही आडमा बच्ने गरेको छ, उसले ताक परे आफैं उजुरी हाल्ने र मानिसहरुलाई धम्काएर धन्दा गर्ने गरेको रहेछ’ ती पिडितले भने ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.