Fast Nepal News

झलनाथ खनालले फिर्ता गरे दसैं भत्ता

banner single news

काठमाडौं, कात्तिक ४ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले दसैं भत्ता फिर्ता गरेका छन्। उनले संघीय संसद सचिवालयलाई सोमाबार पत्र पठाउँदै दसैं भत्ता फिर्ताको जानकारी गराएका हुन्।

खनालले दसैं भत्तावापत आफ्नो खातामा आएको रकम चेकमार्फत् संसद सचिवालयलाई फिर्ता गरेका हुन्। उनले महामारीका बेला दसैं खर्चको नाममा दिइएको सुविधा अनुचित लागेको पनि बताएका छन्।खनालले उक्त रकम जनताको उपचार तथा कोरोनाविरूद्ध लड्न राज्यलाई सहयोग होस् भनेर आफूले फिर्ता गरेको बताएका हुन् । संघीय सांसदका लागि संसद सचिवालयले ६४ हजार ७० रूपैयाँ भत्ता उपलब्ध गराएको थियो।व्यापक आलोचनापछि सांसदहरूले भत्ता फिर्ता सुरू गरेका छन्।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.