Fast Nepal News

लकडाउनपछि बन्द भएका थप क्षेत्र खुला गर्ने तयारी

सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका क्षेत्रहरु खुला गर्ने तयारी गरेको हाे।

banner single news

१३ असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने, खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि तयार गरेर लिएर आउने र छलफल गरेर निर्णयमा पुग्ने भन्ने भएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका क्षेत्रहरु खुला गर्ने तयारी गरेको हाे। कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

हाल सम्म विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र अझैसम्म बन्द रहेका छन् ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.