Fast Nepal News

शान्ति मिसनमा गएका नेपाली सेना कंगोमा आफ्नै कमान्डर बाट कुटिए

banner single news

कंगो मिसनमा खटिएका नेपाली सेनाका जवान नवराज माझी सहसेनानीबाट निर्घात कुटिएका छन् । सम्युक्त राष्ट्र संघकाे शान्ति मिसनमा खटिएका सैनिक जवान बिरानो मुलुक कंगोमा आफ्नै कमान्डरबाट निर्घात कुटिएका हुन् ।

ज्वाला गणबाट कंगोको शान्ति मिसनमा गएका सैनिक जवान माझी ०७७ असोज ८ गते राति ३ सहसेनानीबाट निर्घात कुटिएका हुन् । विदेशी भूमिमा आफ्नै सैनिक कुटेर बहादुरी देखाउने ३ सहसेनानी हुन्– इन्द्र थापा, सुभास हुमागाई र योगेन्द्र धिताल । कुटिएका माझीको शरीरमा गहिरो नीलडाम भए पनि कुटिएका अन्य सैनिक जवानहरूमा भने त्यस्तो नदेखिएको स्रोतले जनाएको छ ।

सहायक रथी तथा सैनिक प्रवक्ता सन्तोषवल्लब पौड्यालले २०७७ असाेज ८ गते बिहीबार राति भएको घटनाबारे जानकारी प्राप्त भएको बताएका छन् ।कंगोमा सैनिक जवान कुटिएको घटनाबारे प्रवक्ता पौड्यालले यसाे भन्छन्, सैनिक जवानहरूले होहल्ला गरेर मर्यादा नाघ्दा वादविवाद भएको जानकारी भए पनि छानविनपछि मात्र यकिन हुने उनले जानकारी दिए । मर्यादा नाघेर होहल्ला गर्दा वावविवाद भएको भन्ने छ । फोटो पनि सार्वजनिक भएको छ । छानबिनपछि मात्र त्यहाँ के भएको के हो भनेर यकिनसाथ भन्न सकिन्छ छ घटनाबारे जानकारी यस्ताे आएको छ ।

सुरु भयो कोर्ट अफ इन्क्वायरी

Inside Article Ads

घटनासँग सम्बन्धित व्यक्तिसँग कोर्ट अफ इन्क्वायरी थालिएको छ ।घटनाबारे प्रधानसेनापति पूर्णचन्द्र थापालगायतलाई भोलिपल्ट नै जानकारी गराइएको थियो । यसबारे जानकारी पाएलगत्तै प्रधानसेनापति थापाले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

। कोर्ट अफ इन्क्वायरीले घटनाबारे छानबिन गरेर प्रतिवेदन दिएपछि सत्यतथ्य बाहिर आउने उनले बताए । छानबिनले दोषी देखाएका व्यक्तिलाई सैनिक ऐन अनुसार कारबाही गरिने प्रवक्ता पौडेलले जानकारि दिए ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.