४ भदौ, काठमाडौं । उपत्यकामा सुरक्षा इकाइको कमाण्ड गरिरहेका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित करिब ८ सय प्रहरी संक्रमित छन् । यसले सुरक्षा व्यवस्थामै चुनौति पुर्याउन सक्ने अनुमान गर्न थालिएकाे छ । हाल संक्रमित प्रहरी कमाण्डरले आइसोलेसनबाटै पनि काम गरिरहेकाे जनाएकाे छ ।मुलुकमा दैनिक शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी पाएको नेपाल प्रहरीका २ हजार ३१७ जना जवान र अधिकृतहरु कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भएकाे स्राेतले वताएकाे छ ।
हालसम्म नेपाली सेनामा पनि ७ सय ४३ जना र सशस्त्र प्रहरी बलमा ८ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।देशभर २३ सय संक्रमित भएकाे स्राेतले न्युज नेपाल एच.डिलाइ जानकारि दिएकाे छ ।
मंगलबार प्रदेश नं. १ प्रहरीका प्रमुख ईश्वरबाबु कार्कीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ प्रहरीमा यसअघि कम्तिमा ३० जनालाई कोरोना भाइरसको संक्रमण देखिइसकेको छ ।
गण्डकी प्रदेशका प्रमुख डीआईजी घनश्याम अर्याल पनि संक्रमित छन् । स्याङ्जा गएर आएको टोलीका प्रहरीमा पहिले संक्रमण देखिएको थियो । त्यसपछि भएको कन्ट्याक ट्रेसिङमा अन्य व्यक्तिमा पनि संक्रमण पाइएको थियो ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार,प्रस्तुत घटनासहित हालसम्म मुलुकभर २३ सय १७ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भइसकेको संक्रमणको बढ्दो दरसँगै प्रहरी मुख्यालयले संक्रमित प्रहरीको संख्या सार्वजनिक नगर्न मातहतका निकायलाई दवाव मुलक निर्देशन दिएको छ ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमा मात्रै ८४ र उपत्यकामा ६६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । प्रदेश १ मा २१६, २ मा ६८, बागमतीमा ६९, गण्डकीमा ८३, ५ नं. प्रदेशमा १०८ र सुदुरपश्चिममा १७ प्रहरी गरी एक हजार ३ सय ५० जना सक्रिय संक्रमित प्रहरीमा छन् । कुल संक्रमितमध्ये ९६७ जना निको भइसकेको एक तथ्यांकले देखाएकाे छ ।