Fast Nepal News

भागीरथी भट्टप्रति समर्पित ‘ गजल ‘

बलराम पौडेल पुतलीबजार- १४,स्याङ्जा।।

banner single news

तिम्रा चिनोहरु जलाए याद जलाउन सकिन छोरी
खुनिले जरै छिनाल्यो फेरि पलाउन सकिन छोरी

बिहान संगै खाईवरी भविष्य सपार्न गएकी थियौ
वेलुका फर्केर आइनौ चुलो बलाउन सकिन छोरी

दैव पनि हमारा भागमा दु:ख मात्रै लेखी बसेको छ
बाबा, तिमी नहुँदा पनि आँफु ढलाउन सकिन छोरी

जतिसुकै प्रयास गरे पनि धड्कन भुल्न कहाँ सक्नु
तिम्रा यादहरु बेगर आफूलाई चलाउन सकिन छोरी

ईश्वर नै वैरी बने मानिसको त कुरा के गर्नु छ र ?
आमा म हुँदा पनि तिम्रा चोट छलाउन सकिन छोरी

Inside Article Ads
Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.