
तिम्रा चिनोहरु जलाए याद जलाउन सकिन छोरी
खुनिले जरै छिनाल्यो फेरि पलाउन सकिन छोरी
बिहान संगै खाईवरी भविष्य सपार्न गएकी थियौ
वेलुका फर्केर आइनौ चुलो बलाउन सकिन छोरी
दैव पनि हमारा भागमा दु:ख मात्रै लेखी बसेको छ
बाबा, तिमी नहुँदा पनि आँफु ढलाउन सकिन छोरी
जतिसुकै प्रयास गरे पनि धड्कन भुल्न कहाँ सक्नु
तिम्रा यादहरु बेगर आफूलाई चलाउन सकिन छोरी
ईश्वर नै वैरी बने मानिसको त कुरा के गर्नु छ र ?
आमा म हुँदा पनि तिम्रा चोट छलाउन सकिन छोरी
