Fast Nepal News

भरतपुर महानगरपालिकाले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेस

banner single news

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१ ०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेस गरेको छ।

महानगरपालिकाको नगरसभा तथा १५औं अधिवेशनमा चालु आर्थिक वर्षभन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी बजेट पेस गरिएको हो।

कूल बजेटको ६५ प्रतिशत पुँजीगत खर्चका लागि ४ अर्ब २७ करोड रहेको भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखाका प्रमुख उपनिर्देशक जगन्नाथ अर्यालले बताएका छन्। कूल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान गरिएको छ।

Inside Article Ads

अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा ५८ करोड २२ लाख ६७ हजार, जनसहभागिता श्रमदानबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ। बजेटमा सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको छ।

भरतपुर महानगरपालिकाले कृषिलाई प्राथमिकता दिएको छ। महानगरपालिकाले बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहनको नितिलाएको छ। भरतपुरले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.