काठमाडौ । माघ २९/ पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका विद्यार्थीहरूले वृहत् शैक्षिक मेला सम्पन्न गरेका छन् । विद्यालयकाे ७६औं वार्षिकोत्सवको उपलक्ष्यमा विद्यार्थीहरुले विभिन्न ६ बिधा विज्ञान, ईन्जिनियरिङ्, गणित,सामाजिक,स्वास्थ्य तथा नेपाल भाषामा सम्बन्धित शैक्षिक सामग्रीहरूको निर्माण गरी प्रदर्शनी गरिएकाे प्र.अ रिता तिवारीले जानकारी दिनु भयाे ।उहाँका अनुसार , सामुदायिक तथा निजि विद्यालयका गरी करिव १ हजार भन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेका थिए ।
उक्त शैक्षिक मेलामा काठमाण्डौ महानगरपालिका शहरी विकास आयोजनाका शिक्षा विज्ञ शैलेन्द्र झा तथा स्रोत शिक्षक रश्मी तामाङको पनि उपस्थिति रहेको थियो । यस्ता मेलामा सहभागी हुन पाउँदा अाफुहरू खुसि हुनका साथै अागामि दिनमा अाफनाे शैक्षिक स्तरमा पनि वृद्धि हुने सहभागी विद्यार्थीहरूले वताए । अन्य विद्यालयवाट अवलोकनमा सहभागी शिक्षक ,विद्यार्थीले समेत अाफुहरूकाे शैक्षिक गुणस्तरमा टेवा पुगेको वताएका छन् साथै पद्मकन्यामा गरिएको शैक्षिक मेलामा सहभागी हुन पाउँदा खुसि हुदै पद्मकन्या विद्यालय प्रसासनलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।