मनोबाद
बीरपुर्खाले चिहाइरहेको मेरो देश
– मनिता रेग्मी बेल्कोटगढी २नुवाकोट
तिब्र रुपमा चर्किदै गरेको विद्यार्थी आन्दोलनमा सामेल भएर भिड को अन्तिम तिर बाट जिन्दावाद र मुर्दावादको चिच्याहटमा मेरो पनि स्वर मिसाउदै भिड अगि बडिरहेकै थियो ।अनायास मेरो अगाडि अन्जान मानव आकृती बाटै छेक्नी गरि ठिङ उब्बियो,झसङ्ग झस्किदै त्यो मानव आकृतिलाइ नियालेर हेरे खैरो दैरा सरुवा र ढाका टोपी सहित सेतो पटुकिमा घुसारेको खुकुरी र एक एक मुठी बाक्लो सेतो जुँगा कतै पहिलै देखेको जस्तो तर ठायाक्कै ठम्याउन भने सकिन।त्यो मानिस लाई धकेल्दै म आफ्नै आन्दोलन सफल बनाउन भिडतर्फ लागे हाम्रा साथिहरुले सडक मा टायर बाल्दै गर्दा सडकको छेउमा लामो दारी ,महिलो कमिजको एउटा बाहुला हरायको ठाउँ ठाउमा प्वाल परेको अनि एक पत्तिको सरुवाल मोहोता घुडा सम्म र अर्को पत्तिको लतारियको ,छेउमै सानो पछेउरिमा गुट्मुटायको कागज बोत्तलको पोको थियो,त्यो अनावश्यक मान्छे को के चासो सडक को बिच्चमा मुर्दावाद र जिन्दवादको नारा संगै टायर बाल्दै गर्दा प्रहरी र हामिहरुको दोहोरो भिडन्त हुँदै गर्दा त्यो छेउको माग्नेको कसैले मत्लब नै नगरी कुदाकुद हुँदै थियो ।त्यो माग्नेको शरीर को त यादै भएन आफ्नु ज्यान बचाउन खोज्दा सयौले कुल्चियर अचेत भएको, उसलाई म पनि बेवास्ता गर्दै दौडिए।अलि अगाडि पुगिसकेको पुगेपछी फेरि तेहि नेपाली पोसाक मा उहि मान्छे मेरै छेउमा आए र भने “यहि हो येतिको पढेको मान्छेको मानवता ” म झसङ्ग झस्किय तर बेवास्ता गर्दै दैडिय,उक्त मानिस ले मलाइ पछाउदै खेदिरहेको थियो ।मोड नै पिछे कहि बलात्कार ,चोरी ,भाइ भाइ बिच झगडा देखिन्थो तर आफूलाई पछ्यायको मान्छेबाट बच्नु थियो त्यसैले दौडिरहेको थिए तर अब अघि बड्ने ठाउँ थियन । अब म मेरो देश नेपाल तेति हो भनेर भारत ले तार जाली लगाइदियको ठाउमा थिए।अब म त्यो मानिस सङ माफी नमागी बच्नी कुनै उपाय थियन,ज्यान बचाउन कै लागि भये पनि,म त्यो मानिस को अगाडि दुबै हात जोडेर उनिहरुकै पाउ परे ।उनिहरुले कायर ,डर्पोक भन्दै मलाइ कठालामा समातेर उठाए र सोधे “किन यो भन्दा अगि बढ्न सकिनस किन नभागेको अब चै “। म कापेको स्वरमा “मेरो नेपाल यति हो भाग्ने ठाउनै छैन यो भन्दा अगाडि” भने उन्ले राता आखा पार्दै चिचायर भने “यति हो हाम्ले छोडेको नेपाल”? म थरर कापे उनिहरुको चिच्याइ सङ डरायर म नम्र हुँदै भने हजुर को हो र ?उनले भने म पृथ्वीनारायण शाह यति भन्दै गर्दा उनको चिचाहट ले त्याहा धेरै मानिस भेला भैसकेको थिए।सबै उस्तै पोसाक र सबै को कम्बरमा लामो खुकुरी थियो । मानौ उनिहरु सबै लामो र ठूलो युद्ध खेलेर हारेर आए जस्तो निरास भरियको अनुहार बनायका थिय।म उनिहरुको अगाडि नतमस्तक भयेर उभिदै थिय। म पृथ्वीनारायण भन्नी मानिसलाइ हेरेर मैले वर्ष मा एक दिन माला लगाउन जाने गरेको उनको सालिक सङ पृथ्वीनारायण लाई तुलना गरेर टोलाउदै रहेछु,उन्ले नानी तिमिलाइ बिस्वास लागेन भनेर सोधे,म झस्किदै अ….अ..होइन,अनि उहाँहरु चै? उनले भने उहाँ भक्ती थापा मगर, उहाँ बहादुर शाह,बलभद्र कुँवर ,कालू पाण्डे,दामोदर पाण्डे,,अमर सिह थापा म सतर्क हुँदै हजुरहरु सबैलाई नमन अनि म ज्यादै धन्य भए हजुरहरुलाइ भेटेर तर मेरो बोलीलाई बेवास्ता गर्दै सबैले एक साथ फेरि सोधे हामिले छोडेर गयेको नेपाल यति हो? मैले भने हजुर हरुले निर्माण गरेको नेपाल यहि त हो नि फेरि भक्ती थापा जोड ले कराए कस्लाइ बेचिस अरु ,हाम्ले छोडेको पुरै नेपाल खोइ?मैले भने अहिले नेपाल यति मात्र हो हजुर बाकी त प्रजातन्त्र ,लोकतान्त्र,गणतन्त्रका खोल वडेका भ्रट देश द्रोही नेता हरु ले बेचिसके ,फेरि बहादुर शाह जङगिय हामी त बिलिन स्मृति मात्र हौ,अनि यत्रो हुदा नि तैले किन रोकिनस?हामिले ज्यान को बाजि लगायर तर्वार,ढाल,गुलेली,ढुङ्गामुढा,खुकुरीको भरमा बैरी सङ जोगाएको देश हो यो। भनिदेउ तिम्ले तिम्रा रास्ट्रप्रेमी भन्ने रास्ट्रघाति नेता ओलि,प्रचण्ड,सेरबहादुरलाइ यो देश बेच्ने र बिगार्नी अधिकार तिमिहरु लाई छैन भनेर। फेरि केही देखाउन थाले कालू पाडे र भने नानी यो हो मेरो देश जाहा बलभद्र कुवार खलंगा मा खुकुरी नचाउदै थिय ,नेपाली महिलाहरु चिटको सारी र मखमली चोली मा थिय,सबै मिलेर बसेका नेपाली अनि टिस्टा काङ्गडा सम्म फैलिएको नेपाल देखाय। म लज्जाबोधले टौउको निहुरायर बस्दै गर्दा फेरि उन्ले नै भने नानि हामिले आज भन्दा पहिले नेपाल र नेपाली सङ कहिल्यै केही मागेनौ ।बस आज माग्दै छौ हाम्रो नासो ,हामिले जस्तो छोडेको थियौ तेस्तै नेपाल तिमी भन्दापछिल्लो पीडिलाई हस्तान्तरण गरिदिनु, अनि मात्र भन्न पाउनेछै आफुलाइ वीर गोर्खाली अनि नेपाली नत्र नानी तिमी पनि कायर, रास्ट्रघाती हुनेछौ । बन्दिन म कायर अनि नेपाली नै बन्नु छ मलाइ भन्दै कराउदै गर्दा बाबाले के भयो नानी भनेर बोलौदा पो म सपना बाट बिझिएछु साच्चै अब देश बनाउने बेला आको हो त लिपुलेक लिभ्याधुरा कालापानी सुस्ताका हाम्रा सब भुमी फिर्ता ल्याउनु छ।
२९ आश्विन २०८१, मंगलवार
TRENDING
Visited 3 times, 1 visit(s) today
यो पनि पढ्नुस