Fast Nepal News

ईन्जिनियर श्रीराम न्यौपानेको संयोजकत्वमा राष्ट्रिय गौरवका आयोजना अध्ययन संसदीय उपसमिति गठन

banner single news

काठमाडौं । काठमाडौंमा सम्पन्न संसदीय बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, चुनौती र समाधानका उपाय पहिचान गर्न विशेष अध्ययन प्रक्रिया अघि बढाएको छ। त्यसअन्तर्गत प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो। सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति आशिष गजुरेलले जानकारी दिए। उपसमितिले राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्था मूल्यांकन गर्दै समस्या समाधानका व्यवहारिक सुझावसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ। समितिका अनुसार तयार हुने प्रतिवेदनले आगामी दिनमा आयोजना कार्यान्वयनलाई तीव्रता दिन तथा सम्बन्धित निकायबीच समन्वय बढाउन आधार तयार गर्ने अपेक्षा गरिएको छ। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिको अवस्था प्रस्तुत गरेका थिए। उनले बजेट व्यवस्थापनको कठिनाइ, निर्माण व्यवसायीको कार्यसम्पादन क्षमता तथा कानुनी प्रक्रियागत जटिलताले आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको उल्लेख गरे। समिति सदस्यहरूले आयोजना कार्यान्वयनसँग सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई समेत समितिमा बोलाएर प्रत्यक्ष छलफल गर्नुपर्ने धारणा राखेका थिए। यसैबीच समितिले सांसद राजेन्द्र राईको संयोजकत्वमा कार्यविधि मस्यौदा तयार गर्न अर्को उपसमिति पनि गठन गरेको छ। उक्त उपसमितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा निर्धारण गरिएको समितिले जनाएको छ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.