Fast Nepal News

आज विश्व संस्कृत दिवस

banner single news

काठमाडौं । आज विश्व संस्कृत दिवस । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ सालदेखि स्वदेश तथा विदेशका विभिन्न स्थानहरूमा विश्व संस्कृत दिवस मनाउन थालिएको हो ।
प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (ऋषि तर्पणी) अर्थात जनैपूर्णिमाको दिन जरो किलो प्रतिष्ठान नेपाल लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा विश्व संस्कृत दिवस आयोजना गर्ने गरिन्छ।
यस वर्ष आठौं विश्व संस्कृत दिवस मिति २०८२ भदौ १४ गते तदनुसार अगस्ट ३१ तारिख ऋषि तर्पणी, शनिवारको दिन मनाइदैछ । विद्यालय, विश्वविद्यालय, गुरुकुल, विहार, मठ, मन्दिर, गुम्बा लगायत सम्पूर्ण शैक्षिक, धार्मिक, सामाजिक तथा भाषिक क्षेत्रमा काम गर्न स्थापित संघ संस्थाहरूलाई छैठौँ विश्व संस्कृत दिवस भव्यताका साथ मनाउन आह्वान गरिएको छ ।
संस्कृत भाषाको वस्तुगत महत्त्वलाई जन समक्ष पु¥याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको हो । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पूर्णिमाको दिन मै वेद पाठनको सुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।
अहिलेको युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुदापनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो। आजको दिन देशभर संस्कृत जागरणका विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ।

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.