Fast Nepal News

काठमाडौं–३१ मा धार्मिक महोत्सव सुरु, वडा अध्यक्ष ढकालद्वारा उद्घाटन

banner single news

काठमाडौं, देवभूमि मानव सेवा समाजको आयोजनामा काठमाडौं महानगरपालिका–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको छ।

महोत्सवको आज पहिलो दिन काठमाडौं–३१ का वडा अध्यक्ष सरोज ढकालले कार्यक्रमको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, स्थानिय बासिन्दा र भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रम अन्तर्गत गायत्री यज्ञ, श्रीमद्भागवत कथा प्रवचन, तथा तुलादान जस्ता धार्मिक क्रियाकलापहरू गरिने आयोजक समाजले जनाएको छ। महोत्सवको उद्देश्य समाजमा धार्मिक चेतना जगाउनु, आध्यात्मिक समृद्धि ल्याउनु र मानव सेवामा सबैलाई प्रेरित गर्नु रहेको छ।

Inside Article Ads

देवभूमि मानव सेवा समाजले सबै नेपालीलाई धार्मिक कार्यमा सहभागी भई पुण्य लाभ लिन आह्वान ।

Visited 59 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.