Fast Nepal News

माइक्रोसफ्टका संस्थापक अर्बपति गेट्सको सम्बन्धविच्छेद

banner single news

काठमाडौं, वैशाख २१

काठमाडौं, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद भएको छ । गेट्की पत्नि मेलिन्डा गेट्सले बिल गेट्ससँगै सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी थिइन् ।

गेट्सका दम्पत्ति विगत २७ वर्षदेखि वैवाहिक जिवन विताइरहेका छन् । तर, अब भने सम्बन्ध अगाडी बढाउन सक्ने स्थिती नदेखिएकाले छुटिएको उनीहरुले बताएका छन् ।

सम्बन्धविच्छेदको निर्णय सुनाउँदै उनीहरुले भने, ‘विगत झण्डै तीन दशकदेखि चलेको हाम्रो सम्बन्ध अब अगाडी बढाउन नसक्ने निर्णयमा पुगेका छौं ।’

Inside Article Ads

सम्बन्धविच्छेद गरेपनि उनीहरुको नाममा रहेको ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’मा भने मिलेर काम गर्ने र उक्त संस्थामा नछुटिने बताएका छन् ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.