Fast Nepal News

सोँचमा डुबेको संसार

भवानी पौडेल ( साहित्यकार)

banner single news

भवानी पौडेल
हामी जस्तो छौँ, जे बनिरहेका छौँ, त्यो सबै हाम्रो सोँचको परिणाम हो ।ʼ गौतम बुद्धको उपर्युक्त भनाइले मानिसको सोँच या विचारले नै मानिसलाई राम्रो या नराम्रो बनाउँछ भन्ने कुरा बताएको छ । हाम्रो आसपासमा रहेका सबै साना या ठूला चिजहरु वास्तवमा सोँच या विचारका नै उपज हुन् । सोँचले नै मानिसको उत्थान र पतन हुने गर्छ । सोँच या विचार निर्माणको प्रक्रिया कसरी र कुन नियमबाट हुन्छ भन्ने कुरामा गहिरो अध्ययन, अनुसन्धान हुँदै आएको छ । यो संसार एक छ तर यो संसारमा बस्ने मानव जातिका सोँचहरु अनेक छन् । एउटै चिज वा वस्तुका बारेमा एउटा ब्यक्तिले जसरी सोँच्छ, अर्को व्यक्तिले ठिक त्यसै गरी सोँच्दैन । फरक तरिकाले सोँच्छ । सोँच या विचार सूक्ष्म हुन्छ, तर यसले मानिसको व्यक्तित्व विकासमा ठूलो प्रभाव पारिरहेको हुन्छ अझ भनौँ मानिसको समग्र व्यक्तित्वको निष्कर्ष नै उसको विचार हो । व्यक्तिको सोँचले नै हरेक कार्य वा घटना घटित भइरहेको हुन्छ ।
समाजमा विचार निर्माण गर्ने विभिन्न क्षेत्रहरु छन् त्यसमध्ये विद्यालय वा विश्वविद्यालयहरु पनि विचार निर्माणका महत्वपूर्ण क्षेत्रहरु हुन् । ती संस्थाहरुमा सिकेका कुराहरुले हाम्रो जीवनमा ठूलो प्रभाव छोडिरहेका हुन्छन् । राजनैतिक दलका सभा, सम्मेलन, गोष्ठी, प्रशिक्षणदेखि विभिन्न संघ संस्थाले गर्ने कार्यक्रमहरुले पनि विचार निर्माणको आधार सिर्जना गरिरहेका हुन्छन् । त्यसै गरी विचार निर्माणको कार्यमा सञ्चार क्षेत्रको पनि ठूलो भूमिका रहेको हुन्छ । तर सवाल यो छ कि हामीले पढ्ने दैनिक सामग्रीहरु, हामीले सुनेका विचारहरु, हामीले हेर्ने दृश्य सामग्रीहरु वास्तवमा सही छन् कि छैनन्? के कति सही छन्? ती सामग्रीहरु सत्यको कति नजिक छन्? त्यो महत्वपूर्ण पाटोलाई भने हामीले नजरअन्दाज गरिरहेका हुन्छौँ । हामी अक्सर भिडको पछि कुद्छौँ । भिडले भनेको कुरालाई नै सही ठान्ने र भिडलाई नै सत्य मानेर दौडिने कुरामा हामी अभ्यस्त भइसकेका छौँ । हामीले लगाएको चस्मा निकालेर स्वतन्त्र ढङ्गले चिजलाई हेर्ने, विषयवस्तुको गहिरो अध्ययन, अनुसन्धान गर्ने, सत्यको खोजी गर्ने कार्यमा हाम्रो ध्यान निकै कम जाने गर्छ ।
स्वामी विवेकानन्द भन्नुहुन्छः ‘मनमा राम्रो विचार ल्याऊ । त्यसलाई आफ्नो जीवनको लक्ष्य बनाऊ । हमेसा त्यसकै बारेमा सोँच । सपना देख । सफलता तिम्रो कदम चुम्न आउनेछ ।ʼ हाम्रो सकारात्मक सोँचले हामीलाई हाम्रो लक्ष्यमा पुग्न मद्दत गर्छ भने नकारात्मक सोँचले हामीलाई असन्तुष्टि, क्रोध, निराशा पैदा गर्छ । आज संसारले प्राप्त गरेका जति पनि महान उपलब्धीहरु छन् ती सबै विचारका परिणामहरु हुन् । विचार त्यही हो, जुन विचारले न्युटनलाई गुरुत्वआकर्षणको सिद्धान्तलगायत विभिन्न सिद्धान्तहरु जन्माउन प्रेरित गरिरह्यो, आइन्स्टाइनलाई सापेक्षतावादको सिद्धान्त प्रतिपादन गर्न घच्घच्याइरह्यो अनि म्याडम क्युरीलाई रसायनशास्त्रको खोजमा लाग्न उत्प्रेरणा दिइरह्यो । विचार त्यही हो, जसले थोमस अल्वा एडिसनलाई अनेकौँ असफलताका बाबजुद पनि संसारलाई उज्यालो दिन दिनरात नथाकेर अगाडि बढ्न झक्झकाइरह्यो । ती महान व्यक्तिहरुभित्र पैदा भएको सूक्ष्म विचार र सकारात्मक विचारले नै उनीहरुलाई आफ्नो काममा निरन्तर जागरुक र लगनशील भएर जीवनभर लाग्न उत्प्रेरित गरिरह्यो ।
आज पनि विचार निर्माणका महत्वपूर्ण स्थानहरु विद्यालय, विश्वविद्यालयहरु रहेका छन् जहाँ हरेक दिन युवा जमातले केही न केही सिकिरहेको हुन्छ, जानिरहेको हुन्छ । अब प्रश्न उठ्छ, के ती हाम्रो जीवनका लागि पर्याप्त छन्? हाम्रो जीवनको मार्गलाई आजको शिक्षाले सुगम बनाएको छ त भन्ने प्रश्नको उत्तरमा जवाफ त्यति सकारात्मक पाइँदैन । ती पर्याप्त छैनन् । पर्याप्त हुँदो हो त मास्टर्स डिग्रीको दुई तीनवटा सर्टिफिकेट बोकेको मानिस आपूmले बोकेको मोबाइल बनाउन अर्कैलाई दिन्छ, आपूm चढिरहेको बाइक बनाउन अर्कै मान्छे चाहिन्छ र घरमा हेर्ने टेलिभिजन बिग्रिएमा अर्कैलाई गुहार्नुपर्ने हुन्छ । हाम्रो जीवनमा बारम्बार प्रयोगमा आइरहने यी चिजहरु ः बत्ती, टेलिभिजन, ल्यापटप, घडी, रेडियो, फ्रिज, वासिङ मेसिन यी कुनै पनि कुरा बिग्रिएमा हामीलाई तुरुन्त बनाउनु पर्ने हुन्छ, तर हामीसँग ती चिजहरु बनाउनको लागि सीपको अभाव छ । हामीले हाम्रा विद्यालयहरुमा गणितका कठिन सूत्रहरु सिक्छौँ र सिकाउँछौ । विज्ञानका अनेकौँ सिद्धान्तहरु कण्ठ पार्न लगाउँछौ । भाषा विषयमा भाषाको नियम, व्याकरण र त्यसको संरचना रटाइरहेका हुन्छौँ । माल्थस, रविन्सन र रिकार्डोका अर्थशास्त्रीय सिद्धान्तहरु पढ्छौँ तर जीवन जिउनका लागि आवश्यक पर्ने अनेकन सीपहरु सिक्न भने छुटिरहेका हुन्छौँ । यसको अर्थ हाम्रा पाठ्यक्रमहरु व्यवहारिक दिशामा भन्दा पनि सैद्धान्तिक दिशामा ज्यादा केन्द्रित भइरहेका छन् । हामीले हाम्रा कक्षाकोठाहरुमा कति अध्ययन, अध्यापन ग¥यौँ भनेर त्यसको परिमाण हेर्नुभन्दा पनि अध्ययन गर्ने सामग्रीहरु कति उपयोगी छन्? कति ज्ञानबद्र्धक छन् र कति जीवनसँग निकट छन्? सत्य र न्यायको मार्ग नजिक पु¥याउने सामग्रीहरुको पठनपाठन भइरहेको छ कि छैन । आलोचनात्मक चेतको विकास गर्न हाम्रा पाठ्यक्रमहरुले कति सघाउ पु¥याएका छन्? यो विषय नै सर्वाधिक महत्वको विषय हो । विचार निर्माणको कारखानाका रुपमा रहेका हाम्रा शिक्षालयहरुमा दिएको ज्ञान, विवेक र चेतनाले व्यक्तिलाई प्रभाव पार्छ, समाजलाई प्रभाव पार्छ र सिङ्गो राष्ट्रलाई प्रभाव पार्छ । तर हाम्रा पाठ्यक्रमहरुलाई समयसापेक्ष, प्रविधिमैत्री, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्प्रधा गर्न सक्ने, नवीन र सिर्जनात्मक सोँचको विकास गर्न सक्ने बनाउनुपर्छ भन्ने कुरामा भने सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन । हामीले त यहाँसम्म कि विद्यार्थीलाई दिने ज्ञानमा, पाठ्यसामग्रीमा समेत भागबण्डा गर्न लागेका छौँ । विषयवस्तुको गुणस्तरलाई भन्दा पनि राजनीतिको भागबण्डामा व्यक्तिलाई प्राथमिकता दिइरहेका छौँ । शिक्षा प्रदान गर्ने पवित्र संस्थाहरुमा समेत व्यक्तिवादको दुर्गन्ध पैmलिरहेको छ । यो प्रवृति समग्र शिक्षा प्रणालीमाथि गरिएको घोर अपमान मात्र होइन, आजको पुस्तामाथि गरिएको घोर बेइमानी पनि हो । यसरी बहुआयामिक कोणबाट हेर्दा हाम्रो शिक्षा प्रणाली न त व्यवहारिक बन्न सकेको छ, न त सिर्जनात्मक र वैज्ञानिक चेतको विकास नै गर्न सकेको छ । शिक्षालयहरु केवल बौद्धिक दासहरु पैदा गर्ने थलोमा परिणत हुँदै गइरहेका छन्, जसले राष्ट्रको समग्र जीवनलाई नै दुष्प्रभाव पारिरहेको छ ।
राष्ट्रनिर्माणको बलियो आधार स्तम्भको रुपमा रहेको शिक्षाको अवस्था एकातिर यो रहेको छ भने अर्कोतिर सामाजिक चेतनाको सर्वोच्च रुपमा रहेको राजनीतिभित्र प्रवेश गरेका कमजोर पात्रहरुको कारणले पनि राजनीतिको तस्विर धुमिल बन्न पुगेको छ । राष्ट्रको समग्र क्षेत्रको बागडोर कुशलतापूर्वक सम्हालेर अगाडि बढ्नुपर्ने राजनीतिका नेतृत्वदायी शक्ति आपैmभित्रको समस्याबाट माथि उठ्न सकिरहेका छैनन् । राज्यको शासन सञ्चालनको नेतृत्व गर्ने व्यक्तिको सोँच र विचारले सम्पूर्ण राष्ट्रको भविष्य निर्धारण गर्दछ । तसर्थ कुशल, दूरदृष्टि, सकारात्मक विचार, सक्षम र सबल नेतृत्वले मात्र राष्ट्रको भविष्यलाई चम्किलो बनाउन सक्छ । तर, हामीकहाँ नेतृत्व तहमा पुग्नलाई कुनै पनि योग्यताको आवश्यकता पर्दैन । न त उच्च पदस्थ नेतृत्वको रिटायर्ड जीवन नै हुन्छ । राष्ट्रको नेतृत्व गर्ने कुरा धेरै गरिमामय र ओजपूर्ण जिम्मेवारी हो । एउटा व्यक्तिले गल्ती ग¥यो भने उक्त गल्तीको फल त्यही ब्यक्तिले मात्र भोग्दछ, तर राज्यका जिम्मेवार तहमा पुगेको नेतृत्वले गरेको गलत कार्य र निर्णयको मूल्य सिङ्गो राष्ट्रले चुक्ता गर्नुपर्ने हुन्छ । तसर्थ नेतृत्व क्षमता विकासका लागि विशेष प्रकारको शिक्षा अध्ययन र सीपको जरुरत पर्छ । तर हाम्रो देश यस्तो देश हो, जहाँ व्यक्तिका सम्पूर्ण असफलताहरु राजनीतिको शरणमा पुगेर विसर्जन हुन्छन् । विकल्पहरु सकिएपछिको अन्तिम विकल्प राजनीति बन्न पुग्छ । कालान्तरमा उनीहरु नै सत्ता सञ्चालनको महत्वपूर्ण कार्यभार सम्हाल्न पुग्छन् । फलस्वरुप राज्यव्यवस्था सफलताको दिशातिर भन्दा असफलता र अराजकताको दिशातिर उन्मुख हुन पुग्छ । तसर्थ ज्ञान, सीप, क्षमता र योग्यताको एउटा तहमा पुगेको व्यक्तिले मात्र नेतृत्व गर्न पाउने हो भने मात्र देशको मुहारमा समृद्धि र विकास लहराउन थाल्छ । न्यायको क्षेत्रमा एउटा सुप्रसिद्ध भनाइ छ ः न्याय दिएर मात्र हुँदैन, न्याय गरेको देखिनुपर्छ । यही कुरा राजनीतिमा पनि लागु हुन्छ । नागरिकले सुशासनको अनुभूति गर्न पाउनुपर्छ । नागरिकको जीवनमा अनुभूत हुने गरी सुशासन देखिनुपर्र्छ ।
तसर्थ हामीले हाम्रो सोँचलाई बदल्न सकेनौँ, हाम्रो विचारलाई विज्ञानसम्मत र वस्तुपरक बनाउन सकेनौँ भने धेरै कुरा परिवर्तन भएर पनि कुनै पनि कुरामा परिवर्तन भएको आभास हुने छैन । विचारले नै कुनै पनि कुराको उत्थान हुन्छ र विचारले नै पतन हुन्छ । उत्थान र पतनको बिचको अन्तर भनेको सुविचार र कुविचारको अन्तर मात्र हो । एकजना विद्वानले भनेका छन् जीवनमा कठिनाइ बर्बाद गर्नका लागि होइन, हाम्रो सामथ्र्य र शक्ति पैदा गर्न आउँछ । विनास केवल विनासको लागि मात्र नभएर नवीन सिर्जनाको लागि पनि विनाश आवश्यक हुन्छ । निर्माणका लागि पनि विनाश आवश्यक हुन्छ । तसर्थ अब नयाँ शिराबाट नवीन पाइलाहरु चालेर देशलाई गति दिनुपर्ने आवश्यकता छ ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.