
सोमबार बजारमा सुनको मूल्य प्रतितोला रु सात सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ।
शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको छ।
यस्तै, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ भने चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएको छ।
