
१२ भदौ,काठमाडौँ-समाजवादी मोर्चाको लुम्बिनी प्रदेशको बुटवलमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेकपाका महासचिव बिप्लव सीले सरकारले राम्रो काम गर्दापनि अनेकौँ हल्ला चलाएर राष्ट्रवादी आन्दोलन र कम्युनिष्टहरुलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
महासचिव विप्लव सीले कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै एमसिसीको विरोधमा भने खरो रुपमा उत्रिदैँ अमेरिकाले नेपाललाई उपनिवेश बनाउन लागेको आरोप लगाएका छन्।
एमसीसीका नाममा गिद्धको रुपमा अमेरिका नेपाल आउन लागेको टिप्पणी गर्दै समाजवादी मोर्चाको लक्ष्य भ्रष्टाचार, कुशासन र विदेशी साम्राज्यवादका विरुद्ध लड्दै मुलुकलाई समाजवादतर्फ लैजाने गठन गरिएको धारणा बिप्लव सीले प्रस्तुत गरेका छन् ।अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र गरेकाले एमसीसीविरुद्ध लड्ने घोषणा समेत उनले कार्यक्रममा गरेका छन्।
