Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए ५ सय ६१ कोरोना संक्रमित

banner single news

काठमाडौं,  १८ मंसिर – काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पछिल्लो २४ घन्टामा थपिएका कोरोनाभाइरस संक्रमितमध्ये आधाभन्दा धेरै पुरुष रहेका छन् ।

मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंमा पछिल्लो २४ घन्टामा ३ सय ११ जना पुरुष र २ सय ५० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं जिल्लामा मात्रै अहिले ६ हजार ३ सय ३७ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् ।

Inside Article Ads

काठमाडौंमा अहिलेसम्म ८९ हजार २ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये ३ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै, भक्तपुरमा अहिलेसम्म कोरोनाका कारण ९४ जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा १ सय १७ जनाले ज्यान गुमाएका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.