Fast Nepal News

नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास प्रदर्शनीको आज अन्तिम दिन

banner single news

काठमाडौं, असोज ४ । भृकुटीमण्डपमा असोज १ गतेदेखि सञ्चालन भइरहेको नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३ आज आइतबार समापन हुँदैछ । बिहिवार र शुक्रबार औसत चहलपहल रहेको मेलामा शनिबार सार्वजनिक बिदाको दिन परेकाले प्रदर्शनीमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो। घर तथा जग्गा खरिदबारे जानकारी लिन आउनेहरूका साथै निर्माण सामग्री, पेन्ट्स, इन्टेरियर, प्रिफ्याब, आवास तथा निर्माण प्रविधिसम्बन्धी स्टलमा शनिबार दिनभर भीड देखियो ।

एक्स्पो संयोजक रोशन भयद्ययोले शनिबारको उत्साहजनक सहभागिता र समग्र एक्स्पोप्रति देखिएको चासोबाट आफूहरू निकै उत्साहित भएको बताए ।बउनले आज अन्तिम दिन पनि सर्वसाधारणको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको बताए ।

उनका अनुसार एक्स्पोले घरजग्गा व्यवसायीलाई सम्भावित ग्राहकसँग प्रत्यक्ष जोड्नुका साथै सर्वसाधारणलाई एउटै स्थानबाट घर, जग्गा, निर्माण सामग्री, प्रविधि तथा वित्तीय सुविधाबारे जानकारी लिन अवसर दिएको छ ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजना गरिएको चारदिने प्रदर्शनीमा एक सयभन्दा बढी स्टल रहेका छन् । एक्स्पोमा घर तथा जग्गा खरिदमा १० देखि २५ प्रतिशतसम्म छुट, वित्तीय सुविधा तथा विभिन्न आकर्षक अफर सार्वजनिक गरिएका छन् ।

Inside Article Ads

शनिबारको भीडसँगै घरजग्गा परियोजना, निर्माण सामग्री र पेन्ट्सका स्टलमा सर्वसाधारणले मूल्य, छुट, बुकिङ तथा वित्तीय सुविधाबारे विस्तृत जानकारी लिएका थिए । केही परियोजनामा बुकिङसमेत सुरु भएको व्यवसायीहरूले बताएका छन् ।

आज अन्तिम दिन भएकाले घर, जग्गा, अपार्टमेन्ट, निर्माण सामग्री तथा विभिन्न छुट र अफरबारे प्रत्यक्ष जानकारी लिन चाहने सर्वसाधारणका लागि एक्स्पोमा सहभागी हुने अन्तिम अवसर रहेको आयोजकले जनाएको छ ।

Visited 3 times, 3 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.