Fast Nepal News

राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवाश नेम्वाङ

संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न राष्ट्रपति पदमा उम्मेदवारी दिएको पौडेलको भनाई नेकपा एमालेका राष्ट्रपतिको उम्मेदवार भने आफनो उम्मेदवारी बारे मौन ।

banner single news

१३ फागुन,काठमाडौं-फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुन लागेको छ।राष्ट्रपतिको निर्वाचनमा मुलुक धकेलिदै जादाँ सबै राजनीतिक दलको ध्यान राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित भएको छ।

राष्ट्रपति निर्वाचनको संघारमा पुग्दा आज शनिबार ८ दलले राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदको उम्मेदवारको रुपमा अघि सरेका छन्।यसैगरी नेकपा एमालेले सुवाश नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारको  रुपमाअघि सारेको छ।राष्ट्रपतिको रुपमा रहेका रामचन्द्र पौडेलले संविधानको संरक्षकको भूमिकाका लागि तयार भएको बताउनुभएको छ।

‘नेपालको संविधानको भावना र मर्मअनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बेला भएको हुनाले आफ्नो उम्मेदवारी संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न आफूले उम्मेदवारी दिएको धारणा व्यक्त गर्नुभएको छ।

Inside Article Ads

नेकपा एमालेका राष्ट्रपतिका उम्मेदवार सुवाश नेम्वाङले राष्ट्रपतिको उम्मेदवारी के का लागि भन्ने विषयमा भने औपचारिक धारणा सार्वजनिक गर्नुभएको छैन।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.