
१२ फागुन,काठमाडौं-सत्ता गठबन्धनमा रहेका चार दलले आज अपराह्न ५ बजे राष्ट्रपतिको उम्मेदवार टुंग्याउन संयुक्त बैठक बस्ने भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरूको बैठक तीन घन्टासम्म चलेको बैठकबाट कुनै निष्कर्ष नआएपछि फेरि राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन अपराह्न ५ बजे सत्ता गठबन्धनमा रहेका चार दल बैठक बस्न लागेको हो ।
