
४ फागुन,काठमाडौँ -अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो । बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा ढिलोगरी मतदान सुरु भएको हो ।
अखिलको नेतृत्वमा आकांक्षी धेरै हुँदा र अडान नछाड्दा अन्ततः मतदानमार्फत नै नेतृत्व चयन हुने भएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएकाले नतिजा एक घण्टाभित्रै आउने बुझिएको छ ।
