
२५ माघ, काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठी कार्यक्रममा सम्बोधन गर्नुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्नुभएका उहाँले कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन किन फिर्ता नलिई सरकारबाट बाहिरिएकोमा आपत्ति जनाउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले प्रधानमन्त्री को कमजोरीप्रति टिप्पणी गर्दै रिसाउनुपर्नेमा सञ्चारक्षेत्रमाथि रिस पोख्नुले राजनीतिक जगतमा सकरात्मक सन्देशको सञ्चार हुन नसकेको धारणा व्यक्त गर्नुभयो।
