
२१ पुष, काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ। राप्रपाले उपराष्ट्रपति र उपप्रधानमन्त्री सहित ३ मन्त्रालय आफूले पाएमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।
राप्रपाको पूर्व अध्यक्ष पशुपति शमसेर जबराले उपराष्ट्रपति र डां- धवलशम्सेर जबरा, बुद्धिमान तामाङ्, धुव्रबहादुर प्रधान र ज्ञानेन्द्र शाहीले मन्त्री बन्ने आंकक्षा राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित ३ मन्त्रालयको दाबी गरेको छ ।
