
४ पुष, काठमाडौँ -प्रतिनिधिसभा सदस्यमा ७ र प्रदेशसभा सदस्यमा ११ सिट विजय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज नवनिर्वाचित सांसदलाई सम्मान गरेको छ। नवनिर्वाचित सांसदलाई सम्मान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिगंदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा जान हतार नभएको बताउनुभएको छ।
यदि आफू सरकारमा नै जानुपरे कारणसहित सरकारमा जाने बताउनुहुँदै मन्त्री पदको लागि कसै कहाँ नजाने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ।
