
२ ३ मंसिर,काठमाडौँ- नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ।
नेपाली कांग्रेसले महिला आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी बोखिम, सिता कुमारी राना,सुशीला थिङ,सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन,अञ्जनी श्रेष्ठको नाम समानुपातिक सांसदको लागि टुंगो लगाएको छ। यसैगरी खस आर्यतर्फ अम्बिका बस्नेत ,सरिता प्रसाईँ, आरजु राणा देउवा,ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तका सेजुवाल,मैना रावल कार्कीको नाम समानुपातिक सांसदको लागि टुंगो लगाएको छ।
मधेसी तर्फ नागिना यादव,मुक्ता कुमारी यादव,चन्दा चौधरी,सङ्गीता मण्डल,निनुकुमारी कर्ण-विमलेन्द्र निधिको नाम समानुपातिक सांसदको लागि टुंगो लगाएको छ।
दलित तर्फ शान्ति विक, रुपा विक, सीता मिजार,आशा विक,विष्णुमाया परियार-जीवन परियारको नाम समानुपातिक सांसदको लागि टुंगो लगाएको छ।
थारु तर्फ कल्पना चौधरी, विना कुमारी थनेत-योगेन्द्र चौधरीको नाम समानुपातिक सांसदको लागि टुंगो लगाएको छ। मुस्लिम तर्फ जावेदा खातुन्-फर्मुल्लाह मन्सुरको नाम समानुपातिक सांसदको लागि टुंगो लगाएको छ।
तीनजना पुरुष विकल्पसहित गोपालमान श्रेष्ठ-अञ्जली श्रेष्ठ, विमलेन्द्र निधि-निनुकुमारी कर्ण प्रकाशशरण महत-उमा दाहाल, जीवन परियार-विष्णुमाया परियारको नाम समानुपातिक सांसदको लागि टुंगो लगाएको छ।
Visited 14 times, 1 visit(s) today
