
१९ मंसिर, काठमाडौँ-नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्रको जग बसाउने नेपाली कांग्रेसले यसपालीको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ५७ र समानुपातिक तर्फ ३२ सिट हासिल गर्नसमेत सफल भएको छ। अहिले राजनीतिमा भर्खरै उदाउँदै गरेको राजनीतिक दलले प्रत्यक्ष तर्फ ७ सिट र समानुपातिक तर्फ १४ सिट हासिल गर्न सफल भएको छ।
नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिलाई हेर्ने नै हो प्रजातन्त्रको स्थापनाको जग बसाएर संघीय लोकतान्त्रिक गणतन्त्र सम्म संघर्ष गरेर आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको पार्टीको रूपमा नेपाली कांग्रेस रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिलाई हेर्ने हो भने छोटो समयमा आफ्नो पहिचान स्थापित गरी नेपाली राजनीतिक जगतमा स्थापित हुन सफल भएको छ। तुलनात्मक रूपमा व्याख्या गर्नुपर्दा लामो समय राजनीतिमा संघर्ष गरी निर्वाचनमा विजयी हासिल गरेको र भर्खरै नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाह गर्ने भूमिकाले अब हुने प्रतिनिधिसभाको बैठक रोचक देखिने भएको छ।
राजनीतिमा स्थापित भएको पुरानो दललाई संसदमा नेतृत्व गर्ने प्रमुख दलको रुपमा नेपाली कांग्रेस पार्टी अघि बढ्नेछ भने भर्खरै राजनीतिमा स्थापित भएको नयाँ दललाई संसदमा नेतृत्व गर्ने पार्टीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्नेछ। पुरानो पुस्ता र नयाँ पुस्तालाई नेतृत्व गर्ने अवसर पाएको यी दलले संसद्मा कस्तो भूमिका निर्वाह गर्छ त्यो भने हेर्न नै बाँकी छ।
