Fast Nepal News

राष्ट्रिय जनमत पार्टी राष्ट्रिय पार्टीको रूपमा स्थापित हुन सफल

banner single news
१३ मंसिर, काठमाडौँ- सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी छोटो समयमा राष्ट्रिय पार्टीको रूपमा स्थापित हुन समेत सफल भएको छ। प्रतिनिधिसभा सदस्यमा १ सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ। समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मत मध्ये राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो ।
थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनु पर्ने हो । तर, हालसम्मको गणनामै पार्टीले ३ लाख २० हजार मत कटाएर राष्ट्रिय पार्टीको रूपमा स्थापित हुन सफल भएको छ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.