
१२ मंसिर, काठमाडौँ- मतगणनाको क्रममा दोलखामा विवादित भएका मतदान केन्द्रहरुमा मंसिर १५ गते पुर्न मतदान हुने निर्वाचन व्यबस्थापन समितिले जनाएको छ। आज बसेको निर्वाचन व्यवस्थापन समितिको बैठकले निर्वाचनको नयाँ मिति तोकेको निर्वाचन व्यबस्थापन समितिको भनाई रहेको छ।
निर्वाचन आयोगले मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्देशन अनुरुप मंसिर १५ गते फेरि दोलखा जिल्लामा पुर्न निर्वाचन हुन लागेको हो ।
Visited 5 times, 1 visit(s) today
