Fast Nepal News

पुरानो शैलीको राजनितिलाई परास्त गर्ने दाउमा किरण

banner single news

मंसिर ४ गते हुन गइरहेको चुनाब यसपटक निकै रोचक हुने भएको छ। पाटीका गठबन्धन उमेद्वार देखि स्वतन्त्र उमेद्वारहरूको घम्साघम्सीमा जनताहरू पनि अन्यौलमा परेको देखिन्छ । स्थानिय चुनाबमा जनताले पाटी प्रतिको बितृष्णा र स्वतन्त्र ब्यतिको बयक्ति प्रतिको आक्रषणले गर्दा पछि संसदिय चुनाबमा पनि स्वतन्त्र उमेद्वारहरुको हावी रहने डर पुराना राजनितिकर्मीमा देखिएको छ। यसै गरि पछिल्लो समयमा कामाण्डौं क्षेत्र ७ का स्वतन्त्र युवा उमेद्वार किरण के .सी मा काठमाण्डौं बासीको नजर लागेको देखिन्छ ।

पेशाले ब्यबसायी र इन्जिनियर समेत रहेका किरण संसदिय चुनावका लागि स्थानिय चुनाबमा का.मा. न. पा. का मेयर बालेन शैलीमा नै अघि बढेको देख्दा काठमाण्डौं क्षेत्र नं ७ मा सम्भवत जित सुनिश्चित जस्तै अड्कल बाजी लगाउनेको चौकका चिया पसलमा देख्न सकिन्छ ।

Inside Article Ads

अष्टेलियाको बसाई त्यागेर आफ्नो देशमा भएको बर्षौ पुरानो राजनैतिक शैलींलाई परिवर्तन गर्दै देशको बिकाश गर्छु भन्ने प्रण लिएर अघि बढेका किरणको जस्तो नाम त्यस्तै चुनाबी घोषणा पत्र देख्न सकिन्छ । पछिल्लो समयमा स्थानिय चुनाबमा स्वतन्त्र उमेद्वारहरूको जित र उनीहरुले गरेको प्रगतिले पनि संसदिय चुनाबमा पनि स्वतन्त्र उमेद्वारले जित्नसक्ने सम्भावनाको अड्कलबाजी समेत अहिलेको चुनाबको बहस गर्ने बिषय बनेको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.