
३ कार्तिक, काठमाडौँ – रौतहट–१ का उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो क्षेत्रका युवाहरूलाई निशुल्क भिसा उपलब्ध गराउने आश्वासन दिनुभएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका रौतहट १ का उम्मेदवारले यस्तो झुटो आश्वासन दिएपछि नेपाल विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

निर्वाचन आयोगमा उजुरी परेपछि निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पत्रकार आंचारसंहिता विपरीत काम गरेको भन्दै स्पष्टीकरण दिन अनुरोध गरेको छ। निशुल्क भिसाको झुटो आश्वासनले पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल विवादमा तानिएका छन्।
Visited 5 times, 1 visit(s) today
