
संगीतकार रमेश कडरियाले ५ महिना पछि पुन: नारी बिषयक गीत “छोरी” लिएर आएका छन । पुष १२ २०७८ मा रिलिज भएको उनको “कठोर” बोलको गीतमा नारीले भोग्नु परेको घरेलु हिम्शाको बिषय उठान गरेका कडरियाले यस पल्ट भने लैङ्गिक समानताका साथ छोरीलाई घर देखिनै असल संस्कार, सिकाइ र माया साथै भेदभाव रहित वातावरन पाउनु पर्छ भन्ने भाव समाबेश गरी अडियो तथा भिडियो निर्माण गरेका छन । गीतमा भोईस अफ किड्सका फाइनल प्रतिस्पर्धी अनुजा कडरिया र रुक्सना लिम्बु तथा रयापर क्यानोपसको आवाज, रमेश कडरियाको संगीत र शिव पलाँसको शब्द रहेको छ । र्यापर ‘क्यानोपस’ को र्याप गायनले गीतलाई झन आकर्षण थपेको छ । भिडियोमा ‘कार्टून क्रू जुनियर’को डान्स, आश्मा बिस्वकर्मा, रमेश कडरिया, गायिका द्वय अनुजा कडरिया / रुक्सना लिम्बु र युनिका कडरियाको अभिनय देख्न सकिन्छ । भिडियो लाई ‘निम बाबु तामाङ्’ को कोरियोग्राफी र सरोज अधिकारीको निर्देशन रहेको छ । भिडियो ‘कडरिया इन्टरटेन्मेन्ट प्रा.लि.’ मार्फत ‘कडरिया इन्टरटेन्मेन्ट युट्युब’ च्यानल बाट सार्वजनिक गरेका छन ।
