Fast Nepal News

साल्ट ट्रेडिङकी  सिईओ उर्मिला श्रेष्ठ एसियन प्रोफेसनल “कर्पोरेट एक्सिलेन्स लिडरसीप” अवार्डबाट सम्मानित

banner single news

काठमाडौं, २८ भाद्र – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ एसियन प्रोफेसनल एचिभमेण्ट अवार्डबाट सम्मानित हुनुभएको छ । सिजन मिडियाद्वारा आईतवार आयोजित अवार्ड वितरण कार्यक्रम माझ उहाँ कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्डबाट सम्मानित हुनुभएको हो । गणतन्त्र नेपालका प्रथम रास्ट्रपति डा रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपालका लागी बाङ्गलादेशका राजदुत र सिजन मिडियाका अध्यक्ष  प्रदिप राज वन्तले संयुक्त रुपमा उहाँलाई सम्मान गर्नुभयो ।

उर्मिला श्रेष्ठको संक्षिप्त परिचय
 साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर देश र आमनागरिकको सेवामा समर्पित रहदै आउनु भएको छ । नेपाल चेम्बरको ७० औ साधारण सभाबाट चेम्बरको उपाध्यक्षमा निर्वाचित श्रेष्ठ अघिल्लो कार्यकालमा महिला चेम्बरको अध्यक्ष साथै नेपाल चेम्बरको उपाध्यक्ष हुनुहुन्थ्यो ।
त्यसो त  सरकार र निजी क्षेत्रको संयुक्त लगानी माझ संचालित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएकी उहाँ आँफैमा एक सफल र अब्बल नारी पनि हुनुहुन्छ । साल्ट ट्रेडिङ कर्पोरेशनलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आउनुहुने उहाँले कर्पोरेशनमार्फत प्रवाह हुने सेवालाई छरितो, सर्वसुलभ र भरपर्दो बनाउनुभएको छ । कम मुल्यमा गुणस्तरयुक्त वस्तुको बिक्री वितरण, बजार मुल्य नियन्त्रण, विपद तथा संकटमा समेत सहज आपुर्ति तथा बिक्री प्रबन्धनमार्फत सुदृढ बजार व्यवस्थाका लागि होस् कि सेवा विविधकरणमार्फत औद्योगिक तथा व्यवसायिक कृयाकलापलाई बढवा दिदै देशको अर्थतन्त्र उकास्ने कार्य, यसमा उर्मिला श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ ।
चेम्बर अफ कमर्शको ७ दशकको ईतिहासमै पहिलो पटक महिला मध्येमा उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्नुभएकी श्रेष्ठले ईतिहासको पानामा आफनो नाम स्वर्णिम अक्षरले लेखाउन सफल हुनुभएको छ ।महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्दै आउनु भएकी उहाँले वित्तिय साक्षरता, मेला तथा कला प्रदर्शनी, व्यवसाय प्रबर्धनात्मक तथा उत्प्रेरणामुलक तालिम, अन्तर्कृया आदी जस्ता विविध कार्यक्रमहरु पस्कदै  महिला, युवा लगायतका उद्यमीहरु र समग्र व्यवसाय क्षेत्रको शिर उँचो हुने गरी काम गर्नुभएको छ । तसर्थ पनि नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा अग्रपंतीमा आउने नाम बनेको छ,उर्मिला श्रेष्ठ ।
 त्यसो त उहाँ  युरोपियन ईकोनोमिक चेम्बरको भाईस प्रेसिडेण्ट साथै, ईन्टरनेशनल चेम्बर अफ कमर्सको कार्यकारिणी सदस्य, नेपाल भियतनाम चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष र अन्य अन्तरराष्ट्रिय  संस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ ।
तसर्थ पनि सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ राष्ट्रियसँगै अन्तरराष्ट्रिय स्तरमा समेत ख्याती कमाउन सफल व्यक्तित्व मध्येमा पर्नुहुन्छ। व्यापारिक पृष्‍ठभुमी बोकेको नेवार कुलमा जन्मनुभएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष स्वर्गिय ईश्वरलाल श्रेष्ठकी सुपुत्री हुनुहुन्छ । पिताजीको पदचापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आउनु भएको छ।
बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याउदै आईरहेको छ । त्यसो त, सामुहिक भावनामा विश्वास राख्नुहुने श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएको छ भने नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षको हैसियतले उहाँले खेल्दै आउनुभएको भूमिकाको समेत सर्वत्र चर्चा परिचर्चा हुने गरेको पाईन्छ ।  व्यवसाय, बौद्धिकता र समाजसेवाको त्रिवेणी मानिने पिता इश्वरलाल र काका माणिकलाल श्रेष्ठ पुस्ताले कोरेको मार्गमा उसैगरि अविछिन्न डटेर लाग्नुभएकी उर्मिला श्रेष्ठ स्वच्छ व्यवसायिकपना, बौद्धिक जागरण जस्ता स्वाधिन र समाज प्रेरित कार्यमा समेत निकै सकृय हुनुहुन्छ ।
Inside Article Ads
Visited 30 times, 30 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.