Fast Nepal News

नाटकीय कमब्याक गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

banner single news

काठमाडौँ – २२   बैशाख २०७९

काठमाडौँ, रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-५ गोल अन्तरको नतिजासहित रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । आफ्नो घरेलु मैदानमा रियल म्याड्रिडले नाटकीय रुपमा कम ब्याक गरेको थियो । खेलको पहिलो हाफ गोल रहित भएको थियो । दोस्रो हाफको ७३औं मिनेटमा म्यानचेस्टर सिटीका लागि रियाद महरेजले गोल गर्दै १-० को अग्रता बनाएर सिटीलाई बलियो अवस्थामा पुर्याएका थिए ।

तर रियल म्याड्रिडका लागि रोड्रीगोले खेलको ९०औं र ९१औं मिनेटमा गोल गर्दै कम ब्याक गराएका थिए । उनले ९०औं मिनेटमा करिम बेन्जमाको क्रसमा गोल गरेका थिए भने त्यसको एक मिनेटपछि नै असेन्सियोले दिएको बललाई गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । त्यसपछि ९० मिनेटसम्मको खेलमा दुवै टिमको समग्र नतिजा ५-५ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो ।

Inside Article Ads

तर खेलको पाँचौ मिनेटमा नै रियल म्याड्रिडले पेनाल्टी पायो । पेनाल्टीलाई करिम बेन्जमाले गोलमा परिणत गरे र म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै रियल म्याड्रिडलाई फाइनलमा पुर्याए । यसरी पहिलो लिगमा ४-३ गोल अन्तरले पछाडी परेको रियल म्याड्रिडले घरेलु मैदानमा नाटकीय कमब्याक गर्दै म्यानचेस्टर सिटीको पहिलो पटक च्याम्पियन्स लिग जित्ने प्रयासलाई असफल बनाइदिएको छ । अब फाइनलमा प्रिमियर लिग क्लब लिभरपुल र रियल म्याड्रिडबीच मे २८ मा प्रतिष्पर्धा हुने छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.