
काठमाडौँ, असोज १६ – पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी २७ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ।
२४ घण्टामा तीन हजार ३०७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ।
Visited 14 times, 1 visit(s) today
