Fast Nepal News

काठमाडौ -४ मा नेपाली कांग्रेसको निर्वाचन प्रचार प्रसार कार्यालयको स्थापना

banner single news

२४ चैत- काठमाडौ —नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ५ महानगर समिति वडा नम्बर ४ को पार्टी सम्पर्क कार्यालय आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन भएको छ।

वडा सभापति रामप्रसाद न्यौपानेको सभापतित्व र नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथि क्षेत्रीय सभापति श्याम बहादुर खड्कको उपस्थिति रहेको थियो

कार्यालय स्थापना गर्दै प्रमुख अतिथि महतले आगामी स्थानिय तहको निर्वाचनका लागि वडा बाट नै सहमतिमा उम्मेदवारको टुङ्गो लगाउन , निर्वाचनमा सबै एकजुट भइ पार्टीलाई विजय गराउनका लागि सबै कार्यकर्ता क्रियाशिल सदस्य लाग्नुपर्ने बताउनु भयो ।

स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔं काङ्ग्रेस जिताऔं ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा ,नेपाली काङ्ग्रेस काठमाडौ वडा नं ४ कार्य समितिले नेता र कार्यकर्ताको भेटघाटलाई सहज एवं प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउन वडा कार्यसमितिको कार्यलयको शुभारम्भ गरिएको पार्टीका वडा सभापति राम प्रसाद न्याैपानेले जानकारी दिनुभयो ।

Inside Article Ads

अनेकौ आरोह अवरोह चिर्दै अब काङ्ग्रेस समग्र वडा एक ढिक्का भयर जनताको सेवक बन्ने; बताए ।अब पार्टीका कुनै पनि कुराहरु भए चिया पसल र चोक चोकमा नभई पार्टीको कार्यालयमा आएर नेतृत्वकर्ताहरुलाई भन्न आग्रह गरे ।

उद्घाटन समारोहमा नेपाली काग्रेसका वडा नगर , प्रदेश सभा र क्षेत्रका नेताहरुका साथै वडा नं ४ का कृयाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा जेष्ठ नागरिक अम्बिका श्रेष्ठलाई प्रमुख अतिथि बाट खादा लगाएर सम्मान गरिएको थियोे ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.