
काठमाडौँ — ०७ चैत्र २०७८
काठमाडौँ , बार्सिलोनाले स्पेनी ला लिगामा रियल म्याड्रिडलाई आइतबार उसकै घर बर्नाबाउमा ऐतिहासिक रूपमा ४–० ले पराजित गरेको छ । रियल यस अगाडिका पाँच एल क्लासिकोको विजयी रहेको थियो, तर यसपल्ट ज्याभी नेतृत्वका बार्सिलोना अगाडि स्तब्ध रह्यो । हारका बाबजुद रियल अझै पनि नौ अंकले शीर्ष स्थानमा छ । उसको २९ खेलबाट ६६ अंक भएको छ । सेभिया ५७ अंकमा दोस्रोमा छ । एक खेल कम खेलेको बार्सिलाना ५४ अंकमा छ ।
बार्सिलोनाका लागि यो जितमा एल क्लासिकोमा डेब्यु गरिरहेका पिएरे एमरिक अबमेयाङ दुई गोल गरे र फेरान टोरेसको गोलमा अवसर सिर्जना गरे । अर्को गोल रोनाल्ड एराजुको नाममा रह्यो । आइतबारका अन्य खेलमा सेभियाले रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्यो भने रियल बेटिस र सेल्टा भिगोबीचको खेल पनि गोलरहित बराबरीमा टुंगियो ।
