Fast Nepal News

झिल्टुङमा राजेन्द्र र निकी विजेता

banner single news

काठमाडौँ — ३०  फागुन २०७८

काठमाडौँ , छैटौं झिल्टुङ क्रसकन्ट्री दौडमा एपीएफ क्लबका राजेन्द्र तामाङ र धरानकी निकी नेम्बाङ लिम्बु विजयी भएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा आयोजित १३.५ किमि दुरीका दौडमा पुरुषतर्फ रामजी बस्नेत दोस्रा र भीमबहादुर गुरुङ तेस्रो भए । महिलामा नितु तामाङ र छोटी शेर्पा तेस्रो भए । सोही दूरीमा स्थानीय पुरुषतर्फ सुजन श्रेष्ठ पहिलो, विमल थापामगर दोस्रो र राजीव नेपाल तेस्रो भए ।

४.५ किमि खुला छात्र जुनियरमा विश्वराम नेपाल पहिलो, अशोक बराम दोस्रो र सुमन शेर्पा लिम्बु तेस्रो भए भने छात्रातर्फ कञ्चनपुरका सरस्वती बोहरा पहिलो, मनीषा गिरी दोस्रो र गोमा बुढामगर तेस्रो भए । स्थानीय ४.५ किमि छात्रतर्फ पवन राई, सुमन श्रेष्ठ र असल थापामगर तथा छात्रातर्फ सपना श्रेष्ठ, अस्मिता दुलाल र पिस्किला दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

Inside Article Ads

स्थानीय पुरुष ४५ वर्षमाथिको दौडमा राजेन्द्रप्रसाद नेपाल, मीठु नेपाल र विष्णुबहादुर श्रेष्ठ तेस्रो तथा ४.५ किमिको आमा समूहमा कमला श्रेष्ठ, सन्तुमाया श्रेष्ठ र विमला श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । खुला भेट्रान १३.५ किमि दौड कीर्तिपुरका धर्म महर्जनले जिते । दोस्रोमा रेवतबहादुर दाहाल र तेस्रोमा भीमबहादुर गुरुङ रहे । प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालले प्राविधिक सहयोग गरेको थियो ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.