
हेटौंडा — ३० फागुन २०७८
हेटौंडा , प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशको आयोजनामा भएको प्रथम वाग्मती खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा ललितपुरले विजयी सुरुआत गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा ललितपुरले चितवनलाई १–० ले पराजित गर्यो ।
पहिलो हाफ गोलरहित भयो भने खेलको ६८ औं मिनेटमा ललितपुरका वसन्त तामाङले गरेको गोल नै निर्णायक बन्न पुग्यो । सोमबार रामेछाप र सिन्धुपाल्चोक तथा मकवानपुर र नुवाकोटबीच प्रतिस्पर्धा हुने संयोजक कल्पना शर्माले बताइन् ।
( कान्तिपुर दैनिक )
