Fast Nepal News

लिभरपुल र बायर्न क्वार्टरफाइनलमा

banner single news

काठमाडौँ — २५ फागुन २०७८

काठमाडौँ , लिभरपुल र बायर्न म्युनिकले मंगलबार युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल यात्रा तय गरेका छन् । लिभरपुल अन्तिम १६ को दोस्रो लेगमा इन्टर मिलानको हातबाट १–० ले पराजित रहेर पनि अर्को चरण पुग्न सफल भएको हो । एनफिल्डमा भएको खेलमा इन्टरका लागि लउटारो मार्टिनेजले ६१ औं मिनेटमा एक गोल गरे । तर लिभरपुल समग्रमा २–१ ले विजयी रह्यो । मार्टिनेजको गोल लगतै एलेक्स सान्चेज दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे र इन्टर १० खेलाडीमा सीमित रह्यो ।

लिभरपुल पहिलो लेगमा २–० ले विजयी रहेको थियो । बायर्नले भने अर्को खेलमा रेडबुल साल्सबर्गलाई ७–१ ले हरायो र समग्रमा ८–२ को अग्रता लिन सफल रह्यो । त्यसमा रोबर्ट लेवनडोस्कीले खेलको सुरुवाति २३ मिनेटभित्र ह्याट्रिक गरे । उसका लागि थोमस मुलरले पनि दुई गोल गरे । दुई टिमबीचको पहिलो लेग १–१ को बराबरीमा टुंगेको थियो ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.