Fast Nepal News

आजदेखि ४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन

banner single news

१० मंसिर, काठमाडौं । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिमा उल्लेख भए अनुसार, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा अाज जिल्ला अधिवेशन हुँदैछ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सुरु भइसकेको छ ।

।काठमाडौंमा सोमबार जिल्ला अधिवेशन हुँदैछ भने ललितपुरमा आज जिल्ला अधिवेशन सुरु हुँदैछ । मकवानपुरमा प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । चितवनमा पनि जिल्ला अधिवेशन अनिश्चित छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहीबारसम्म करिब ३० जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका रसुवा, खोटाङ, दार्चुला, धनकुटामा अधिवेशन हुन बाँकी छ । सोलुखुम्बुमा पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि बहुमत ल्याउन नसकेपछि मंसिर १४ गते फेरि निर्वाचन हुँदैछ ।

Inside Article Ads

कांग्रेस प्रदेश अधिवेशन मंसिर १६–१७ गते हुँदैछ भने केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहेका महाधिवेशन प्रतिनिधि चयन अन्तिम चरणमा रहेको जनाइएकाे छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.