Fast Nepal News

स्पेन र सर्बिया पनि कतार विश्वकपमा

banner single news

पेरिस — २९ कात्तिक २०७८

पेरिस , स्पेन र सर्बिया आइतबार सन् २०२२ को कतार विश्वकपका लागि छनोट भएका छन् । स्पेनले स्विडेनलाई १–० ले पराजित गरेको हो । समूह ‘बी’को खेलमा अल्भारो मोराटाले प्रतिस्पर्धाको अन्त्यतिर निर्णायक गोल गरे । यो समूहबाट अब स्विडेनले प्लेअफ खेल्नेछ ।

यस्तै, समूह ‘ए’मा सर्बियाले पोर्चुगललाई २–१ ले हरायो । एलेक्सान्जर मिट्रोभिचले खेलको ९० औं मिनेटमा नाटकीय विजयी गोल गरे । हारले पोर्चुगल समूहको दोस्रो स्थानमा रह्यो र अब उसले प्लेअफ खेल्नेछ । बराबरीमा पोर्चुगल विश्वकपका लागि छनोट हुने थियो । अहिलेसम्म आयोजक कतारसँगै नौ टिम विश्वकपका लागि छनोट भएका छन् । त्यसमा स्पेन र सर्बियासँगै जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम र क्रोएसिया रहेका छन् ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.