Fast Nepal News

१४ औं महाधिवेशन २७ मंसिरदेखि गर्न कांग्रेस निर्वाचन समितिको प्रस्ताव

प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ

banner single news

कात्तिक, काठमाडौं । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको हाे ।
क्रियाशील विवादका कारण तोकिएको समयमा महाधिवेशन नहुने भएपछि मंगगलबार भएको छलफलमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन निर्देशन दिएका थिए ।१३ जिल्लामा जिल्ला तहसम्मै अधिवेशन भइसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्म अधिवेशन भएको छ । तर १३ जिल्लामा वडा अधिवेशन नै भएको छैन । त्यसमा पनि दुई जिल्ला (रौतहट र रसुवा) को क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार, ‘पार्टी नेतृत्वलाई प्रस्ताव गरेका छौं, त्यसअनुसार नै निर्णय हुन्छ होला । त्यसपछि कार्यतालिका प्रकाशित गर्छौं ।’पछिल्लो पटक संशोधित तालिकाअनुसार कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनुपर्ने थियो । त्यसअनुसार १८ असोजमा सुरु भएको वडा अधिवेशन अझै सकिएको छैन ।

Inside Article Ads
Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.