
लमजुङ । नेपाली काँग्रेस लमजुङको राइनास नगरसभापतिमा युवा नेता श्रीकृष्ण पौडेल विजयी भएका छन् ।
जम्मा २०१मत खसेकोमा मा उनले १२२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नुरराज कडरियाले ७५ मत ल्याएका छन् ।
त्यस्तै नगर उपसभापतिमा सन्तोष गुरूङ र राजकुमार भुजेल विजयी भएका छन् । नगर सचिवमा गोबिन्द चिलुवाल र चित्र कुमाङ श्रेष्ठ विजयी भएका छन् साथै सहसचिवमा मोहन शर्मा चिलुवाल र जनकराज न्याैपाने विजयी भएका छन्।
नेपाली काँग्रेस राइनासको नगर अधिवेशनले पुराना पुस्तालाई भन्दा युवा पुस्तालाई रुचाएको देखियो ।
१४ औं महाधिवेशनमा नेपाली काँग्रेस राइनास नगरसभापतिमा श्रीकृष्ण पौडेल निर्वाचीत भए संगै न्युज नेपाल एचडी डटकम संग को छोटो कुराकानीमा भन्नुभयो ।मलाई सभापतिमा निर्वाचित हुँदा जति खुसी छु, त्यति नै जिम्मेवारी थपिएको महसुस गरेको छु। ‘मलाई विश्वास गरेर सभापतिमा विजयी गराउनु भएको छ,यो विश्वास र भरोसालाई मर्न दिने छैन।’ पार्टी राजनीतिसँगै समाजसेवा मा पनि निरन्तरता दिने छु।
असोज ९ गते मतदान हुदै गर्दा मतपत्रमा त्रुटी भएर रोकिएको महाधिवेशन तरुण दल राइनासका सभापती सरोज तामाङ (लीला) नेतृत्वमा रहेको नगर तरुण दलले हिजोको चुनाव सम्पन्न गराउन लाई महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तरुण नगर सचिव अरुण खनाल ले जानकारी दिए |
