Fast Nepal News

श्रीकृष्ण पौडेलद्धारा राइनास नगर सभापतिमा उम्मेदवारी घोषणा

banner single news

 

लमजुङ । नेपाली कांग्रेसका युवा नेता श्रीकृष्ण पौडेल लमजुङको राइनास नगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । २०६२ सालमा गोरखा क्याम्पसका इकाइ सभापति, २०६५ सालमा गोरखा क्याम्पस स्ववियु सभापतीका उम्मेदवार रहेका पौडेल नेपाल विद्यार्थी संघ (नेविसंघ)लमजुङका पूर्व जिल्ला सचिव समेत हुन ।

सानै उमेरदेखि राजनीतिमा लागेका उनी अहिले ३४ वर्षमा प्रवेश गरेका छन् । सामाजिक कार्यमा पनि उतिकै सक्रिय उनी राईनास क्षेत्रका एक दिग्गज एवम् नव उदयि नेताका रुपमा चिनिन्छन् । उनको उम्मेदवारीले नगर एवम् जिल्लाभरका अधिकांश कांग्रेसीजन र नागरिकस्तर उत्साह पैदा भएको छ भने उनको उम्मेदवारीलाई लिएर कम्युनिस्ट पार्टीमा भूकम्प नै आएको स्रोतको दाबी छ । लमजुङ राइनासमा कान्छो गगन थापा भनेर पनि परिचित रहेका पौडेलको भाषण सुन्नलाई विपक्षी दलका कार्यकर्ता पनि आउँने गरेका छन् । उनमा युवा देखि जेष्ठ कार्यकर्तालासँगै लिएर एउटै मालामा गाँस्ने खुबी भएको क्षेत्रिय प्रतिनिधिहरु बताउँछन् ।

त्यसो त, पौडेलले पार्टीलाई दरिलो र बलियो बनाउन आफुले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । पौडेल दूरदर्शी र प्रष्ट विचार राख्ने प्रखर वक्ताका रुपमा परिचित छन् । पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने लक्ष्यसहित आफु चुनावी मैदानमा होमिएको उनको भनाई छ ।

Inside Article Ads

सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै उनले पार्टीका नेता र कार्यकर्तासँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् । उनले आफू सभापति भएर पार्टीमा युवाको आकर्षण बढाउन विभिन्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।पार्टीको नगर सभापतिलाई भावी मेयरको प्रबल दावेदार मानिन्छ, नेता पौडेलले आफू सभापति बनेमा मेयर नबन्ने स्पष्ट पारेका छन् ।

प्रखर वक्ताका रुपमा परिचित नेता पौडेल विशेषगरि युवा माझ लोकप्रिय छन् । उनी सभापति बनेमा पार्टीले गति लिने पार्टि पंक्तिमा चर्चा चल्ने गर्दछ । नेता पौडेलले आफू सभापतिमा निर्वाचित भएमा राइनास नगरपालिका र १० वटै वडामा पार्टी कार्यालय स्थापनामा जोड दिने योजना रहेको सुनाए । साथै उनले आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिकाका साथै सबै वडामा पार्टीलाई जिताएरै छाड्ने अठोट लिएका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.