Fast Nepal News

एकै दिन १३ विकेट

banner single news

किंग्सटन — २९ श्रावण २०७८

किंग्सटन, वेस्ट इन्डिज र पाकिस्तानबीच बिहीबारदेखि सुरु भएको पहिलो टेस्टको पहिलो दिन पूर्णत: बलर हाबी भएका छन् । दुवै टिमबाट गरेर  १३ विकेट खसेका छन् । दिनको खेल टुंगिँदा वेस्ट इन्डिज दुई रनमा दुई विकेट गुमाएर दबाबमा आइसकेको छ ।

उसका लागि एक रनमा खेलिरहेका कप्तान क्रेग ब्राथवेट र रोस्टन चेजले दोस्रो दिन ब्याटिङ सम्हाल्ने प्रयास गर्नेछन् । यसअघि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा २ सय १७ रन मात्र बनाएर अलआउट भएको थियो ।त्यसमा फवाड आलमले ५६ र फहिम अराफातले ४४ रन बनाए । वेस्ट इन्डिजका बलरमध्ये जेडन सेल्स र जेसन होल्डनले तीन–तीन विकेट लिएका छन् । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.